'बालेनलाई जवाफदेही बनाउनुहोस्' भन्दै रवि लामिछानेलाई मुकुल ढकालको अपिल
आइतबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले संसदले समेत प्रधानमन्त्री बालेन शाहलाई प्रभावकारी रूपमा जवाफदेही बनाउन नसकेको दाबी गरेका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का पूर्वमहामन्त्री मुकुल ढकालले प्रधानमन्त्री बालेन शाहलाई थप जवाफदेही बनाउन रास्वपाका सभापति रवि लामिछानेले फेरि ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
आइतबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले संसदले समेत प्रधानमन्त्री बालेन शाहलाई प्रभावकारी रूपमा जवाफदेही बनाउन नसकेको दाबी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, “रवि दाइ, बालेनलाई संसदले जवाफदेही बनाउन सकेन। अब तपाईं बनाउनुहोस्, बालेनलाई जवाफदेही- फेरि शुरू गर्नुहोस्, ‘सिधा कुरा प्रधानमन्त्रीसँग’।”
ढकालको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम पुनः सञ्चालन हुनुपर्ने वा नपर्ने विषयमा बहस सुरु भएको छ । कतिपयले कार्यक्रम पुनः ल्याउनुपर्ने धारणा राखेका छन् भने केहीले यसलाई राजनीतिक टिप्पणीका रूपमा हेरेका छन्।
यद्यपि, ढकालको आग्रहबारे रास्वपाका सभापति रवि लामिछाने वा प्रधानमन्त्री बालेन शाहको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । त्यसैले यो विषय अहिले सामाजिक सञ्जालमा व्यक्त गरिएको व्यक्तिगत धारणा र त्यसबाट उत्पन्न सार्वजनिक बहसका रूपमा मात्रै रहेको छ ।