बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो ।

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । उनलाई सघन कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको हो ।  सिराहाको लाहान स्थायी ठेगाना भई हाल बुद्धनगरमा बस्दै आएका राउत ‘सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि’ र ‘दिब्यश्री ट्रेड कन्सर्न प्रालि’ का सञ्चालक हुन्।

उनले नदी किनारामा प्रयोग हुने ग्याभिन तार जालीको उत्पादन र चीनबाट फ्रिज, पंखाजस्ता होम अपिलियन्स सामान आयात गर्ने व्यवसाय गर्दै आएका थिए।