एडीबीको प्रक्षेपण: सन् २०२६ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्रै
मध्यपूर्व तनावले एसिया-प्रशान्तको आर्थिक वृद्धि सुस्त
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा बजारमा देखिएको लामो समयको अवरोधले क्षेत्रीय अर्थतन्त्रमा अपेक्षाभन्दा बढी असर पारेको एडीबीले जनाएको छ।
काठमाडौं । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहेकोमा सन् २०२७ मा ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सरकारले भने आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिए पनि संशोधित अनुमान ३.८५ प्रतिशतमा सीमित हुने देखिएको छ ।
सरकारले भने आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिए पनि संशोधित अनुमान ३.८५ प्रतिशतमा सीमित हुने देखिएको छ । मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा बजारमा देखिएको लामो समयको अवरोधले क्षेत्रीय अर्थतन्त्रमा अपेक्षाभन्दा बढी असर पारेको एडीबीले जनाएको छ। ऊर्जा बजारको अस्थिरता क्रमशः कम हुँदै गएपछि सन् २०२७ मा आर्थिक वृद्धि पुनः सुधार भई ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
एडीबीका अनुसार ऊर्जा बजारमा परेको प्रभाव ऊर्जा क्षेत्रमा मात्र सीमित छैन । मल, अन्य वस्तुको मूल्य र आपूर्ति शृंखलामा समेत यसको असर देखिएको छ। यसले मुद्रास्फीतिको दबाब कायम राख्ने अनुमान गरिएको छ ।
विकासशील एसिया क्षेत्रको मुद्रास्फीति सन् २०२६ मा ४.३ प्रतिशत पुग्ने एडीबीको संशोधित अनुमान छ । यसअघि अप्रिलमा ३.६ प्रतिशत रहने अनुमान गरिएको थियो । सन् २०२५ मा क्षेत्रीय मुद्रास्फीति ३ प्रतिशत रहेको थियो । सन् २०२७ को मुद्रास्फीति प्रक्षेपण भने ३.४ प्रतिशतमा यथावत् राखिएको छ ।
एडीबीका अनुसार सन् २०२६ मा दक्षिण एसियामा सबैभन्दा तीव्र आर्थिक वृद्धि भारतको हुने अनुमान गरिएको छ । भारतको आर्थिक वृद्धि ६.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
दक्षिण एसियाको समग्र आर्थिक वृद्धि भने सन् २०२६ मा ६ प्रतिशत रहने एडीबीको अनुमान छ । भारतपछि भुटानको आर्थिक वृद्धि ६.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । त्यस्तै श्रीलंकाको ४ प्रतिशत, बंगलादेश र पाकिस्तानको समान ३.७ प्रतिशत, अफगानिस्तानको २.३ प्रतिशत र माल्दिभ्सको १ प्रतिशत रहने अनुमान गरिएको छ ।