बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

बाल संगठनका तत्कालीन तीन पदाधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौं । बाल मन्दिरको जग्गा हिनामिना गरेको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाल संगठनका तत्कालीन तीन पदाधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । 

०७७ सालमा गठन भएको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा छानबिन अघि बढेको हो । सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले डेढ महिनाअघि गरेको हो । यसअघि पनि सीआईबीले यही प्रकरणमा अनुसन्धान गरी १७ जनाविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गरिसकेको छ। उक्त मुद्दामा ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो दाबी गरिएको थियो ।

अनुसन्धानका क्रममा नेपाल बाल संगठनलाई आर्थिक हानि पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म बालमन्दिरको जग्गा तथा भवन न्यून भाडादरमा पटक-पटक सम्झौता गरिएको आरोप छ । पक्राउ परेकाहरूको परिचय भने हाल सार्वजनिक गरिएको छैन। सीआईबीले विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।