लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त
बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन् । बैंकको असार २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
आचार्य बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) कार्यरत थिए । आचार्यको कार्यकाल आगामी साउन १ गतेदेखि लागूहुने गरी ४ वर्षका लागि नियुक्त गरेको बैंकले जनाएको छ ।