गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त
सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
काठमाडौं । सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।
