सुनचाँदी दुवै सस्तियो, सुन तोलामा ९ सय र चाँदी ५५ रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार सुनको मूल्य तोलाको ९ सयले घटेर २ लाख ८७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदी मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार सुनको मूल्य तोलाको ९ सयले घटेर २ लाख ८७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८८ हजार रूपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ५५५ रूपैयाँमा कारोबार भएको थियो ।