सदाचार नीति-२०८३ः निजी क्षेत्रले कार्टेलिङ, कालाबजारी, अध्यधिक नाफा लिन नपाईने लगायत के के छन् नयाँ व्यवस्था (पूर्णपाठ)

सदाचार नीतिमा सरकारले राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौं । सरकारले सदाचार नीति-२०८३ जारी गरेको छ । असार १८ गते मन्त्रिपरिषदबाट स्वीकृति गरि सार्वजनिक गरिएको सदचार नीतिलाई नीजि तथा वित्तीय क्षेत्रले पनि पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । सदाचार नीतिले निजी तथा वित्तीय क्षेत्रलाई कार्टेलिङ, कालाबजारी, गुणस्तरहीन वस्तु तथा सेवाको उत्पादन वा बिक्री, अस्वाभाविक नाफा असुली तथा स्वार्थको द्वन्द्व हुने कारोबार गर्न रोक लगाएको छ । 

सदाचार नीतिमा सार्वजनिक क्षेत्रसहित निजी क्षेत्र, नागरिक, सञ्चार माध्यम र कूटनीतिक नियोगका लागि समेत आचरणका स्पष्ट मापदण्ड तोकिएको छ । संविधान र कानुनको पालना, सार्वजनिक जीवनमा सक्रिय सहभागिता तथा सामाजिक सद्भाव कायम गर्नु नागरिकको प्रमुख कर्तव्य हुने नीतिमा उल्लखे छ । 

सदाचार नीतिमा सरकारले राजनीतिक रुपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रुपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सम्बन्धित निकायमा बुझाए हुने व्यवस्थालाई सार्वजनिक गर्नुपर्ने व्यवस्थामा परिणत गरेको हो । यो व्यवस्था राजनीतिक दलका तर्फबाट सार्वजनिक पदमा रहने सांसद मन्त्रीहरूदेखि सबै नियुक्ति लिनेहरूमा लागू हुने छ ।

सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्ने उद्देश्यले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गरिएको नीतिमा उल्लेख छ । नीतिअनुसार वित्तीय पारदर्शिता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ ।

निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व देखिएमा त्यसको अग्रिम लिखित खुलासा गर्नुपर्ने र स्वार्थ बाझिने बैठक वा निर्णयमा सरिक हुने नपाईने व्यवस्था नीतिमा छ । त्यसैगरी सञ्चार माध्यमलाई तथ्यमा आधारित, निष्पक्ष र सत्य समाचार सम्प्रेषण गर्न तथा गलत सूचना प्रकाशित वा प्रसारित भए तत्काल सच्याउनुपर्ने दायित्व तोकिएको छ । भ्रमपूर्ण सूचना, सूचनाको हेरफेर र स्वार्थप्रेरित प्रचारप्रसारलाई निषेध गरिएको छ।

सदाचार नीतिले कूटनीतिक आचारसंहितालाई अझ कडा बनाउँदै विदेशी कूटनीतिज्ञसँगको औपचारिक भेटघाट तथा पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था गरेको छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुन सक्ने गतिविधि, गोप्य सूचना चुहावट तथा मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने कुनै पनि कार्य गर्न नुहने नीतिमा स्पष्ट पारिएको छ ।

यस्तो छ सदाचार नीति

प्रकाशन भएका दस्तावेजहरू

6a4cc5a5b52e4_1783416229.pdf