टेरामक्स भ्रष्टाचार प्रकरणमा (एनटीए)का तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, पूर्वमन्त्री बस्नेतले पाए सफाई

विशेष अदालतले नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै गरेको हो ।

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिँदै अरु केही आरोपितहरूलाई भने दोषी ठहर गरेको छ । विशेष अदालतले नेपाल दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो । उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै गरेको हो । त्यस्तै अदालतले प्राधिकरणको अध्यक्ष भएको भन्दै झालाई थप ६ महिना कैद सजायँ सुनाएको छ ।