७ विश्वविद्यालयमा उपकुलपति नियुक्त, त्रिविमा केयू सम्हालेका भोला आउँदा अरुमा को ?

विज्ञापन
ncell

त्रिविमा उपकुलपति नियुक्त थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत हुन् । इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय थापाले त्रिवि सुधार गर्ने जिम्मेवारी पाएका छन् ।

काठमाडौं । सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन शाहले शुक्रबार सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् ।

उपकुलपति छनोट सिफारिस समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयहरुमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले सबै विश्वविद्यालयमा एकैसाथ उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । खुला प्रतिस्पर्धाबाट उनीहरूलाई उपकुलपति नियुक्त गरिएको बताइएको छ ।

त्रिविमा उपकुलपति नियुक्त थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति समेत हुन् । इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि, ऊर्जा अनुसन्धानमा सक्रिय थापाले त्रिवि सुधार गर्ने जिम्मेवारी पाएका छन् ।