नेप्सेमा ८.३० अंकको गिरावट, कारोबार रकम भने ४ अर्ब ४१ करोड नाघ्यो

विज्ञापन
ncell

साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.३० अंक घटेर २६५३.४० विन्दुमा झरेको छ ।

काठमाडौँ ।  पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से आज भने घटेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.३० अंक घटेर २६५३.४० विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.६५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक घटेको छ । 

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक आज सर्वाधिक ०.९६ प्रतिशत घटेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन बिहीबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमाआज ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार छ ।

आज सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्सको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको सेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १३.६५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै, करिब ४० करोड रुपैयाँबराबरको ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ कारोबार भएको छ । शुक्रबार कारोबारमा आएकामध्ये १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको घटेको छ । यस्तै, १४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।