सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिकले तिरायो जरिवाना

मुख्यमन्त्री शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही स्वरूप पाँच सय रुपैयाँ जरिवाना तिराएको छ।

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । मुख्यमन्त्री शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही स्वरूप पाँच सय रुपैयाँ जरिवाना तिराएको छ।

मुख्यमन्त्री शाहले हेलमेट नलगाई मोटरसाइकल चलाउदै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री शाहको निवासमै पुगेर पाँच सय जरिवाना गरेका हुन् ।