सिंहदरबारमा इन्टरनेट समस्या, संसद् बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध
इन्टरनेट नभएपछि युट्युबमा आजको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन ।
काठमाडौं । सिंहदरबार भित्र रहेको संसद् भवनमा इन्टरनेट कनेक्सन बिग्रिएको छ । इन्टरनेट नभएपछि युट्युबमा आजको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन ।
संसद्का हरेक बैठक वेबसाइटमार्फत लाइभ हुने गर्छ । त्यस्तै, युट्युबमा पनि बैठक लाइभ हुने गरेको छ । लाइभ नभएपछि बिहीवार संसद्मा भइरहेको काम कारवाही सर्वसाधारणले हेर्न पाएका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक यही असार १४ गते बसेको थियो ।