विष्णु पौडेललाई छोड्नुअघि भट्ट-अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल हेर्ने सर्वोच्चको निर्णय, आज पनि छुटेनन्
पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेका बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले पौडेलको रिटसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट अग्रवाल र भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो ।
काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्षसमेत रहेका पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका लागि विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल हेर्ने निर्णय गरेको छ । सर्वोच्चले मंगलबार विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएका कारण उनीहरुको मिसिल अध्ययन गरेपछि मात्रै पौडेल थुनामुक्त हुने वा नहुने भन्ने निर्णय गर्ने छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेका बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले पौडेलको रिटसँग सम्बन्धित तथ्य र प्रमाणको समग्र अध्ययनका लागि विशेष अदालतबाट अग्रवाल र भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश जारी गरेको हो ।
विशेषबाट आउने सम्बन्धित कागजात, प्रमाण तथा मुद्दासँग जोडिएका अन्य विवरणको अध्ययन गरी मुद्धाको सुनुवाइ हुनेछ । बन्दीप्रत्यक्षीकरण रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध रहेको ठहर गर्दै सर्वोच्चले पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्धाको न्यायिक निरूपणका लागि सक्कल मिसिल आवश्यक रहेको सर्वोच्चले गरेको हो । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरी असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो ।