सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ४ हजार ७ सयले बढेर तोलाको २ लाख ८३ हजार ८०० सयमा कारोबार भइरहेको छ ।

काठमाडौँ । नेपाली बजारमा आजपनि सुनचाँदी मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ४ हजार ७ सयले बढेर तोलाको २ लाख ८३ हजार ८०० सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ७९ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४५ रुपैयाँले बढेर तोलाको ४ हजार ३२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार १८० मा कारोबार भएको थियो ।