शनिबार २२५६ सवारीचालक ट्राफिक कारबाहीमा, उठ्यो करिव ५ लाख राजस्व

मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार बिदाको दिन २ हजार २५६ सवारीचालकलाई सवारी नियम उल्लङ्घनको आरोपमा कारबाही गरेको छ । शनिबारको ट्राफिक कारबाहीबाट राज्यकोषमा चार लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।

त्यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने ३३, निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम उल्लङ्घन गरेका एक हजार १६१ जना कारबाहीमा परेका छन् ।