वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी
मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी मागेको छ ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै ४ लाख १५ हजार रुपैयाँ धरौटी मागेको हो ।
सिंहविरुद्ध लिखत कीर्ते र झुट्टा विवरण सम्वन्धी दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी मागिएको हो । २०८३ जेठ १२ गते सिंहविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।