पूर्व सभामुख महरालाई एक लाख धरौटीमा छोड्न विशेष अदालतको आदेश
०७९ पुस १० मा फ्लाई दुवईबाट चिनिया नागरिक लि हाङ सोङले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट ल्याएका थिए । त्यही सिगरेटमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूको मिलेमतो रहेको अख्तियारको आरोप छ ।
काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य बिदुर कोइरालाको इजलासले विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करी गरेको आरोप सहितको मुद्दामा पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पूर्वसभामुख महरासँग एक लाख रुपैयाँ धरौटी मागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ चैत २६ गते पूर्वसभामुख महरा, उनका छोरा राहुल सहित २९ जनामाथि भ्रष्टाचार मुद्दा लगाएको थियो ।
२०७९ पुस १० मा फ्लाई दुवईबाट चिनिया नागरिक लि हाङ सोङले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट ल्याएका थिए । त्यही सिगरेटमा सुन लुकाइछिपाइ ल्याएको र त्यसको तस्करीमा भन्सारका कर्मचारीहरूको मिलेमतो रहेको अख्तियारको आरोप छ । अर्थमन्त्री हुँदा शंकास्पद देखिएको मालवस्तुको भौतिक चेक गर्नुपर्नेमा तस्करहरूसँगको मिलेमतोमा चेकजाँच नगरेको आरोप अख्तियारको छ ।