गुणस्तरहीन ‘तेज’ तोरीको तेल बजारबाट फिर्ता गर्न सरकारको आदेश

विभागले बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभएको जनाएको हो ।

काठमाडौँ । तेज’ ब्रान्डको तोरी तेल न्यूनस्तरको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएको नमुना परीक्षण गर्दा नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड पूरा नभएको जनाएको हो । विभागले उपभोक्तालाई उक्त तेल खरिद तथा प्रयोग नगर्न पनि आग्रह गरेको छ । विभागका अनुसार आयातित तोरी गेडाबाट उत्पादन गरिएको ‘तेज’ ब्रान्डको तोरी तेलको ब्याच नम्बर २० रहेको छ । उक्त उत्पादनको उत्पादन मिति २०८२ फागुन २८ र उपभोग्य अवधि ६ महिना उल्लेख गरिएको छ ।

नमुनाको प्रयोगशाला परीक्षणमा मापदण्डअनुसार गुणस्तर नदेखिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) बमोजिम सम्बन्धित उत्पादकलाई बजारबाट उत्पादन फिर्ता (रिकल) गर्न आदेश जारी गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त तेल रुपन्देहीस्थित सिद्धार्थ आयल इन्डष्ट्रिज ले उत्पादन गरेको हो ।


प्रकाशन भएका दस्तावेजहरू

6a170d8dd404e_1779895693.pdf