नागरिक उड्डयन प्राधिकरणको महानिर्देशनमा मुकेश डंगोल नियुक्त

विज्ञापन
ncell

सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।

काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरण  (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो । 

डंगोल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन् । उनले यसअघि गत मंसिर तेस्रो साता पनि क्यानमा महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले डंगोललाई गत मंसिर १९ गते महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् ।