मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । प्रसाईंविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रसाईंको बयान आज नसकिएकाले भोलि मंगलबार उपस्थित गराउने गरी अहिले प्रसाईंलाई अदालतले हिरासतमै पठाएको छ ।

प्रहरीले प्रसाईंलाई जेठ ४ गते पक्राउ गरेको थियो। त्यसपछि अदालतबाट पहिलोपटक तीन दिन र दोस्रोपटक चार दिन म्याद थप गरिएको थियो। प्रहरीले उनको सार्वजनिक अभिव्यक्तिलाई आधार बनाएर अनुसन्धान अघि बढाएको जनाएको छ।

पछिल्लो समय प्रसाईं राजनीतिक गतिविधि, सार्वजनिक अभिव्यक्ति र आन्दोलनका कारण निरन्तर विवादमा पर्दै आएका छन् । सरकार, राजनीतिक दल र राज्य संयन्त्रमाथि आक्रामक अभिव्यक्ति दिँदै आएका उनलाई प्रहरीले विभिन्न प्रकरणमा पटक-पटक नियन्त्रणमा लिँदै आएको छ ।