ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण, मे १९-२० लाई कार्यक्रम तय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनबाट फर्केको ४ दिनमै रुसी राष्ट्रपति पुटिन चिन भ्रमणमा निस्किन लागेका हुन् । शनिबार क्रेमलिनले रुसी राष्ट्रपति पुटिनको दुई दिने (मे १९-२०) चीन भ्रमणको सार्वजनिक गरेको हो ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको चीन भ्रमण सकिएलगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ ।

अमेरिकी राष्ट्रपति टम्प शुक्रबार मात्रै तीन दिने (मे १३-१५) चीन भ्रमण सकेर स्वदेश फर्किएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प चीनबाट फर्केको ४ दिनमै रुसी राष्ट्रपति पुटिन चिन भ्रमणमा निस्किन लागेका हुन् । शनिबार क्रेमलिनले रुसी राष्ट्रपति पुटिनको दुई दिने (मे १९-२०) चीन भ्रमणको सार्वजनिक गरेको हो ।

भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटी मस्को र बेइजिङ बिचको साझेदारी र रणनीतिक सहयोगलाई अझै सुदृढ पार्ने बारे छलफल हुने क्रेमलिनले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

पुटिन र सीबीचको वार्ता पछि संयुक्त घोषणापत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको जनाइएको छ । दुई नेताबीच प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालहरूमा विचार आदान-प्रदान, आर्थिक तथा व्यापारिक सहयोग, युक्रेन(रूस द्वन्द्व लगायत व्यापार र भू-राजनीतिक तनाव कम गर्ने विषयमा ब्यापक छलफल हुने बताइएको छ । 

भ्रमणको क्रममा पुटिनले चिनियाँ प्रधानमन्त्री ली किआङसँग पनि भेटवार्ता गर्नेछन् ।

चीनको बेइजिङमा भएको अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति चिनपिङबीच भएको वार्तामा दुई देशबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ डिलको औपचारिक घोषणा भएन । तर, व्यापार, तेल आपूर्ति, इरान र ताइवानलगायतका विषयमा छलफल भयो । यद्यपी इरानलाई आणविक हतियार बनाउन नदिने विषयमा दुबै नेताबीच सहमति भएको बताईएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा सी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता गरेको जानकारी दिएका थिए । ट्रम्पका अनुसार चीन होर्मुज स्ट्रेट पुनः खुला होस् भन्ने पक्षमा रहेको र बेइजिङले अमेरिकाबाट तेल खरिद गर्न सहमति जनाएको छ ।