यस वर्षको मनसुनबाट ५१ हजार ६ सय ६८ घरधुरीका २ लाख २६ हजार ६ सय ६१ जनसंख्या प्रभावित हुने

बिहीबार पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो। कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट देशभरका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने अनुमान छ ।

काठमाडौँ । यस वर्ष मनसुनजन्य विपद्बाट देशभरका करिब ५१ हजार ८६८ घरधुरी जोखिममा पर्ने आकलन गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले स्वीकृत गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ ले यस्तो प्रक्षेपण गरेको हो ।

बिहीबार पूर्वाधार विकासमन्त्री सुनील लम्सालको अध्यक्षतामा बसेको बैठकले उक्त कार्ययोजना स्वीकृत गरेको हो। कार्ययोजनाअनुसार यस वर्षको मनसुनबाट देशभरका २ लाख २६ हजार ६६१ जनसङ्ख्या प्रभावित हुने अनुमान छ । 

स्वीकृत कार्ययोजनाको पहिलो खण्डमा मनसुनजन्य विपद् जोखिम विश्लेषण तथा प्रभाव आकलन समेटिएको छ भने दोस्रो खण्डमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी जिम्मेवार निकाय तथा तिनका प्रमुख जिम्मेवारी उल्लेख गरिएको छ ।

त्यसैगरी तेस्रो खण्डमा विषयगत क्षेत्र तथा सम्बन्धित निकायका मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना समावेश गरिएको छ भने चौथो खण्डमा सम्पर्क व्यक्तिहरू तथा अत्यावश्यक खोज, उद्धार र राहत सामग्रीको विवरण राखिएको छ । बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३ लाई परिमार्जनसहित स्वीकृत गरेको छ। विपद्का घटना हुनासाथ खोज तथा उद्धारलगायतका प्राथमिक कार्य तत्काल सञ्चालन गर्न संस्थागत संयन्त्र स्वतः परिचालित हुने व्यवस्था सुनिश्चित गर्न उक्त मापदण्ड तयार गरिएको जनाइएको छ ।

यसैगरी, कार्यकारी समितिबाट ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ पनि स्वीकृत भएको छ। विपद् पूर्वतयारी तथा खोज-उद्धार कार्यलाई प्रभावकारी बनाउन कृत्रिम घटना अभ्यास प्रणालीलाई स्पष्ट र एकरूप बनाउन कार्यविधि ल्याइएको हो ।

बैठकले ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ लाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ। यस कार्यढाँचामा पूर्वानुमानका आधारमा विपद् आउनुअघि नै प्रभावित समुदायको सहभागितामा पूर्वकार्य गरी सम्भावित क्षति न्यूनीकरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’ का केही दफा तथा उपदफामा संशोधन गरिएको छ ।