‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

विज्ञापन
ncell

उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ ।

काठमाडौँ ।  उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । साथै अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता समेत दिएको छ । मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउने आदेश दिदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ ।

वैशाख १८ देखि प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको प्रदर्शन रोक्न दायर गरिएको रिटमा बैशाख १५ मा न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।