सरकारी कर्मचारीले अब महिनामा २ पटक तलब पाउने

विज्ञापन
ncell

अबदेखि कर्मचारीहरूले मासिक होइन, अर्धमासिक रूपमा-हरेक १५/१५ दिनमा-तलब र भत्ता प्राप्त गर्ने भएका छन् ।

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलबभत्ता वितरण प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ । अबदेखि कर्मचारीहरूले मासिक होइन, अर्धमासिक रूपमा-हरेक १५/१५ दिनमा-तलब र भत्ता प्राप्त गर्ने भएका छन् ।

अर्थ मन्त्रालयले एक पत्र जारी गर्दै यसअघि महिना मरेपछि मात्र तलब दिने ‘मासिक’ भुक्तानी प्रणालीलाई परिमार्जन गरी ‘अर्धमासिक’ रूपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पठाएको पत्रअनुसार, अर्थ मन्त्रीस्तरको २०८३ वैशाख ४ गतेको निर्णयले यो नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा। सुमन दाहालले लेखेको पत्रमा भनिएको छ, ‘राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रूपमा गर्दै आएकोमा अब यसलाई अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्ने सन्दर्भमा अर्धमासिक रूपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन अनुरोध छ ।’

अब महालेखा नियन्त्रक कार्यालयले यसका लागि आवश्यक प्राविधिक र प्रशासनिक तयारी अगाडि बढाउनेछ ।