वर्षको अन्तिम दिन नेप्सेमा झिनो अंकको गिरावट, कारोबार ८ अर्ब ६६ करोड माथि
आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । वर्षको अन्तिम कारोबारको दिन सोमबार सेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.१८ अंकले घटेर बजार २८३३.६० को बिन्दुमा बन्द भएको छ । आज ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ९९ करोडको कारोबार भएको थियो ।
आज ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट, रिजलाइन इनर्जी र शिखर पावर छन् । त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा यूनिक लघुवित्तका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतले गुमाएका छन् ।
आज सबैभन्दा बढी नेशनलन हाइड्रोपावरको सेयर कारोबार भएका छ । आज यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, रिडि पावरको ४९ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज १०५ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने १२ को स्थिर रह्यो ।