‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा विद्युत नियम आयोगः उद्योगीको मागदाबी नपुग्ने दाबी, पैसा तिर्ने कि अदालत जाने दोधारमा उद्यमी
लामो समयदेखी विवादमा रहेको यो विषय प्रधानमन्त्री शुसिला कार्कीसँगको छलफलपछि पहिलो किस्ता तिरेर पुनरावेदनका लागि आयोगमा जाने सक्ने गरि लचकता अपनाइएको थियो । तर, आयोगले उद्योगीको विपक्षामा फैसला सुनाएपछि अब के गर्ने भनर उद्योगीहरु विलखबन्दमा परेका छन् ।
काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद निरुपण गर्दै उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो ।
पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा टं्रक लाइनबाट लिएको बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति दिलाइ पाउँ भनी आयोगमा आवेदन दिएका थिए ।
आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने बाटो खुलेको छ । आयोगका अध्यक्ष रामप्रसाद धितालकाअनुसार उद्योगीको मागदाबी नपुग्ने निर्णय भएको छ । आयोगको निर्णय चित्त नबुझेको खण्डमा व्यवसायी अदालत जान बाटो भने बाँकी नै छ । अदालतबाट पनि यस्तै फैसला आए उद्योगीहरुले बाध्य भएर डेडिकेटेड र ट्रंक लाइनवापत महसुल बुझाउनु पर्ने छ । लामो समयदेखी विवादमा रहेको यो विषय प्रधानमन्त्री शुसिला कार्कीसँगको छलफलपछि पहिलो किस्ता तिरेर पुनरावेदनका लागि आयोगमा जाने सक्ने गरि लचकता अपनाइएको थियो । तर, आयोगले उद्योगीको विपक्षामा फैसला सुनाएपछि अब के गर्ने भनर उद्योगीहरु विलखबन्दमा परेका छन् । डेडिकेटेड र ट्रंक लाइन महसुल बक्यौता बाँकी भएका विभिन्न क्षेत्रका २४ उद्योगहरु छन् ।
प्राधिकरणकाअनुसार पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ । पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ र पञ्चकन्या स्टिलले एक लाख ८६ हजार रुपैयाँ बराबरको किस्ता महसुल बुझाइसकेका छन् ।