नेप्सेमा २६ अंकको पहिरो, कारोबार रकम पनि खुम्चियो

सोमबार कारोबार रकम पनि अझ खुम्चिएको छ । आईतबार ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँबराबरको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर खरिदबिक्री भएकोमा सोमबार २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको दोस्रो दनि सोमबार पनि घटेको छ । आईतबार १०.२४ अंकले घटेको नेप्सेमा सोमबार झन बढी २६.०५ अंकले घटेर २६७२.३९ अंकमा खुम्चिएको छ । आइतबार २६९८.४५ अंकमा रोकिएको नेप्से सोमबार प्रि कारोबारमा बढ्ने लक्षण देखाएपनि नियमित कारोबारमा भने निरन्तर घटेर २६६५.०२ अंकसम्म झरेको थियो । तर, अन्तिम समयमा केही सुधारिँदा घट्दो रफ्तारलाई साँघुर्याएको हो ।

सोमबार कारोबार रकम पनि अझ खुम्चिएको छ । आईतबार ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँबराबरको २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर खरिदबिक्री भएकोमा सोमबार २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

सोमबार खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ भने रिडी हाइड्रोपावरमा ९ प्रतिशत बढीको बृद्धि देखिएको छ । उता, माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.४० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबार रकमका आधारमा सोमबार रिडी हाइड्रोपावरको सबैभन्दा बढी ७७ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । 

नेप्सेमा वर्गीकृत १३ समूह सूचकमध्ये व्यापार समूह सूचक सामान्य बढेको छ भने अरु सबै समूह सूचक घटेका छन् । सबैभन्दा बढी वित्त समूह सूचक २.२९ प्रतिशतले घटेको छ ।