रिलायन्स फाइनान्समा डा. मल्ल भए सीईओ
सीइओ मल्लले भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गरेका छन् । मल्लले यसअघि साविकको राइजिंग डेभलपमेन्ट बैंक र साविकको ओम फाइनान्सको सीइओ भएर काम गरेका थिए ।
काठमाडौँ । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । माघ २५ गते बसेको रिलायन्सको संचालक समितिले मल्ललाई २०८२ फागुन १ गतेदेखि लागु हुने गरि सीईओ नियुक्त गरेको हो ।
यसअघि सञ्चालक समितिले सीईओ समाज प्रकाश श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको थियो ।
नव नियुक्त सीइओ मल्लले भारतको सिंघानिया विश्वविद्यालयबाट विद्यावारिधी (पीएचडी) गरेका छन् । मल्लले यसअघि साविकको राइजिंग डेभलपमेन्ट बैंक र साविकको ओम फाइनान्सको सीइओ भएर काम गरेका थिए । पछि साविकको ओम डेभलपमेन्ट बैंकको डेपुटी सीइओ रहेका मल्ल ओम डेभलपमेन्ट एनएमबी बैंकमा गाभिएपछि त्यहाँ पनि ५ वर्ष काम गरे ।