रास्वपाका उम्मेदवारको गाडीले ठक्कर दिँदा बालिकाको मृत्यु
बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको बा१५च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा इशनाथ नगरपालिका–४ मठियाकी चार वर्षिय बालिका अल्फा खातुनको मृत्यु भएको हो ।
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको रौतहट–२ का उमेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
आज बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको बा१५च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा इशनाथ नगरपालिका–४ मठियाकी चार वर्षिय बालिका अल्फा खातुनको मृत्यु भएको हो । तिब्र गतिमा रहेको गाडीले बालिकालाई ठक्कर दिएको स्थानीयले बताए ।
गाडीको ठक्करबाट बालिकाको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भने फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।