सुन तोलामा ९ हजार ५०० ले घट्दा, चाँदीमा भने ६२० रुपैयाँको गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको तोलाको ९ हजार ५०० रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा मा कारोबार भइरहेको छ ।


काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको तोलाको ९ हजार ५०० रुपैयाँले घटेर २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँमा मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।