१४ हजार ४०० ले बढ्यो सुनको मूल्य, चाँदी तोलाको ५६०० सय पुग्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १४ हजार ४ सयले बढेर ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर ५ हजार ६०० मा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १४ हजार ४ सयले बढेर ३ लाख ४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६५ रुपैयाँले बढेर ५ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।