प्रभु बैंकको सीईओ बने सुमन शर्मा, अशोक शेरचनले दिए राजीनामा

सनराइज बैंक र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका शर्माले ग्लोबल आइएमई बैंकमा डिसिईओ भएर काम गरेका थिए । शर्मा कुशल व्यवस्थापकका साथै कर्जा तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा परिचित छन् ।

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा सुमन शर्मा नियुक्त भएका छन् ।

प्रभु बैंकबाट अशोक शेरचनले आइतबार सञ्चालक समिति समक्ष राजीनामा दिएपछि नयाँ सीईओमा शर्मालाई नियुक्त गरेको हो ।

यसअघि सनराइज ९हाल लक्षमी सनराईज० बैंक र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका शर्माले ग्लोबल आइएमई बैंकमा डिसिईओ भएर काम गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर शर्मा एमबिएको गोल्डमेडलिस्ट पनि हुन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर शुरु गरेका थिए ।

सात वर्षसम्म एसबीआई बैंकमा काम गरेपछि एनएमबि बैंकमा १० वर्ष काम गरे । शर्मा कुशल व्यवस्थापकका रुपमा मात्र होइन कर्जा व्यवस्थापन तथा जोखिम व्यवस्थापनमा उच्च ज्ञान भएका बैंकरका रुपमा परिचित छन् ।