कालिञ्चोक हाइड्रोपावरलाई १३ करोड ७५ लाखको आइपीओ निष्कासन अनुमति
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कालिञ्चोकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ छ ।
काठमाडौं । कालिञ्चोक हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) बिक्रीका लागि अनुमति पाएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा १३ करोड ७५ लाख रुपैयाँको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कालिञ्चोकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ छ । कालिञ्चोकले दोलखाको कालिञ्चोक, खोपाचाङ्गु र साङ्गु (सोरुन) साविक गाविस क्षेत्रमा ५ मेगावाट क्षमताको साङ्गु (सोरुन) खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।