नेप्सेमा सामान्य अंकको सुधार हुँदा ८ अर्ब २२ करोडको कारोबार
सोमबार नेप्से परिसूचक १.५३ अंक बढेर २६९५.७३ को विन्दुमा पुगेको छ। आज ८ अर्ब २२ करोड ३९ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ७५ लाख ७ हजार ७ ७६ कित्ता सेयर खरिदबिक्री भएको छ।
काठमाडौं । दुई दिन देखि लगातार घटिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक १.५३ अंक बढेर २६९५.७३ को विन्दुमा पुगेको छ।
आज ८ अर्ब २२ करोड ३९ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड ७५ लाख ७ हजार ७ ७६ कित्ता सेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९८ करोड रुपैयाँ माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार एसवाई प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशतले बढेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । त्यसैगरि, आँखुखोला जलविद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४१ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।