नेपाल बैंकको नाफा १ अर्ब ३० करोड पुग्दा पनि वितरणयोग्य नाफा ९१ करोड ऋणात्मक
नेपाल बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा १८३.०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । पुससम्म वितरणयोग्य नाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक छ । त्यसैगरी, वितरणयोग्य प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ ।
काठमाडौं । नेपाल बैंकको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको नाफा १८३.०४ प्रतिशतले बढेर १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशतले घटेर ४ अर्ब ४४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, खुद फि तथा कमिशन आम्दानी पनि १७.१६ प्रतिशतले घटेर ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यसै कारण बैंकको सञ्चालन नाफा ३९४.६४ प्रतिशतले बढेर २ अर्ब ६ करोड १५ लाख रुपैयाँ छ । यद्यपि, कुल सञ्चालन आम्दानी भने १.५९ प्रतिशतले घटेर ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँमा सीमित छ ।
पुससम्म बैंकको वितरणयोग्य नाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक छ । त्यसैगरी, वितरणयोग्य आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा छ । दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा छ भने मूल्य–आम्दानी अनुपात १३.५७ गुणा छ । १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष ४.१२ प्रतिशतले बढेर २३ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ९.८७ प्रतिशतले बढेर ३ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४.४४ प्रतिशतले बढेर २ खर्ब ३० अर्ब ३० करोड रुपैयाँ नाघेको छ ।