घाटामा सिन्धु विकास बैंक, कस्ता छन् अन्य सूचक?
सिन्धु विकास बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । गत आवको पुस मसान्तसम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक चालू आ.वको पुस मसान्तसम्म भने १ करोड ५४ लाख रुपैयाँ खुद घाटामा पुगेको वित्तीय विवरणले देखाएको छ । बैंकको खुद ब्याज आम्दानी भने ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । सिन्धु विकास बैंक चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । गत आवको पुस मसान्तसम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक चालू आ.व को पुस मसान्तसम्म भने १ करोड ५४ लाख रुपैयाँ खुद घाटामा पुगेको वित्तीय विवरणले देखाएको छ । बैंकको खुद ब्याज आम्दानी भने ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी गत आ.व को पुस मसान्तसम्म बैंकले सञ्चालन खर्च बापत ८ करोड १४ लाख रुपैयाँ खर्च गरेकोमा चालू आ.व को पुस मसान्तसम्म सञ्चालन खर्च बापत ८ करोड ३६ लाख रुपैयाँ खर्चिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन ६ करोड ९५ लाख रुपैयाँबाट १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५.५० रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको निष्क्रिय कर्जा ९.०६ प्रतिशतबाट घटेर ६.३९ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ९४.१९ रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँभन्दा बढी छ भने जगेडा कोषमा १९ करोड ६१ लाख रुपैयाँभन्दा बढी रकम कायम छ । दोस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।