अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस: नेपालको हरित अर्थतन्त्र विकासबारे तीन दिने सम्मेलन हुने

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रले माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागेको हो। "स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास" सम्बन्धी र्राष्ट्रिय सम्मेलन बारेमा जानकारी दिने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रले माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागेको हो। 

सोही अनुसार कार्यक्रमको पूर्व सन्ध्यामा "स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास" सम्बन्धी र्राष्ट्रिय सम्मेलन बारेमा जानकारी दिने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पारेका थिए । उनले क्षेत्रगत आवश्यकता, अवसर र चुनौतीहरूको पहिचान, लगानीयोग्य आयोजनाको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रूपान्तरणका लागि लगानीका सम्भावना बारे प्रस्ट पारेका थिए । त्यस्तै स्रोत परिचालनका अवसर, नेपालको ऊर्जा रूपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासबारे अनुभव आदानप्रदान सम्मेलनको मुख्य लक्ष्य रहेको जनाए।

 त्यस्तै भोलि माघ १४ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री अनिल कुमार सिन्हाका प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रमको उद्घाटन सत्रमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी प्रस्तुति एवं नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको मन्तव्य समेटिएको छ । दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरूको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरूसँग छलफल गर्ने केन्द्रको भनाइ छ।

सम्मेलनको तेस्रो दिन उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलन आयोजना गरिनेछ। 

संयुक्त राष्ट्रसङ्घले पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ लाई अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका रूपमा मनाउँदै आएको छ।