१ खर्ब ३ अर्बको लगानीमा डोल्पामा भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

विज्ञापन
ncell

डोल्पामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। ३२८ मेगावाट क्षमताको आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रक्रिया अगाडि बढाएको हो। भारबुङ जलविद्युत् आयोजनाको कुल लागत एक खर्ब तीन अर्ब ३१ करोड नौ लाख ३१ हजार रुपैयाँ रहने अनुमान गरिएको छ। प्रतिमेगावाट लागत २८ करोड ५० लाख ९३ हजार ९८० रुपैयाँ रहेको छ।