लिफ कोलिएसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक बन्यो नेपाल
नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप 'लिफ कोलियसन (एलइएफ कोलिएसन) बाट अधिकतम ५५ मिलियन अमेरिकी डलर जलवायु वित्त प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ। यससँगै नेपाल लिफ कोलिएसनबाट वित्त प्राप्त गर्ने पहिलो एसियाली देश बनेको छ।
काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप 'लिफ कोलियसन (एलइएफ कोलिएसन) बाट अधिकतम ५५ मिलियन अमेरिकी डलर जलवायु वित्त प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ।
यससँगै नेपाल लिफ कोलिएसनबाट वित्त प्राप्त गर्ने पहिलो एसियाली देश बनेको छ।
लिफ कोलियसन ३० भन्दा बढी ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू तथा नर्वे, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र कोरिया गणराज्यका सरकारहरू सम्मिलित एक नवीन विश्वव्यापी सार्वजनिक–निजी साझेदारी पहल हो।
शुक्रबार सम्झौतामा हस्ताक्षर गर्दै वन तथा वातावरण मन्त्रालयले 'रेड प्लस ज्रिड' कार्यक्रममार्फत वन संरक्षण र पुनः स्थापना प्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ।
शुक्रबार एक कार्यक्रममा यस सम्झौताको औपचारिक घोषणा गरिएको हो। यसलाई वातावरणीय रक्षा कोषले सहयोग गरेको थियो। कार्यक्रममा सरकार, आदिवासी र जनजाति, स्थानीय समुदाय तथा सामुदायिक वन उपभोक्ता समूहका १०० भन्दा बढी सरोकारवालाहरूको उपस्थिति थियो।
नेपाल लिफमार्फत निजी क्षेत्रका खरिदकर्तालाई समायोजनसहितका कार्बन क्रेडिट उपलब्ध गराउने पहिलो सरकार पनि बनेको छ।