बन्चरे डाँडामा ११ बुँदे सहमतिमाफर्त स्थानीयको माग सम्बोधन, हट्यो फोहोर विसर्जनमा भएको अवरोध

विज्ञापन
ncell

घर, टहरा र बाली क्षतिको क्षतिपूर्ति एक महिनाभित्र दिने सहमति छ। क्यापिङ क्षेत्र बाहिर गएर डाँडा काटेर फोहोर फाल्दा खोलामा प्रदूषण बढेको गुनासो सम्वोधन गर्न डाँडा काटेर फोहोर फाल्ने काम तत्काललाई रोक्न निर्देशन दिइने छ ।

काठमाडौं । स्थानीयसँग ११ बुँदे सहमति गरि काठमाडौं उपत्यकाको फोहोर बन्चरे डाँडामा विसर्जनमा भएको अवरोध हटाइएको छ । सहमतिसँगै केही दिनदेखि रोकिएको फोहोर फाल्ने काम पुनः सुरु भएको छ ।

सहमतिअनुसार फोहोर ढुवानीमा रोकिएको अवरोध तत्काल हटाइने छ । प्रभावित क्षेत्रको समस्या समाधानका लागि कार्यदल गठन गर्ने र सो कार्यदलले दिएको सुझावहरुलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाइएको छ । 

त्यस्तै, वातावरणीय मूल्यांकन प्रतिवेदन छिटो तयार गर्न प्रक्रियालाई गति दिइनेछ र सोही प्रतिवेदनका आधारमा आवश्यक खर्च आगामी वर्षको बजेटमा राखिने छ । घर, टहरा र बाली क्षतिको क्षतिपूर्ति एक महिनाभित्र दिने सहमति छ। क्यापिङ क्षेत्र बाहिर गएर डाँडा काटेर फोहोर फाल्दा खोलामा प्रदूषण बढेको गुनासो सम्वोधन गर्न डाँडा काटेर फोहोर फाल्ने काम तत्काललाई रोक्न निर्देशन दिइने छ । लिचेट व्यवस्थापनका लागि विशेषज्ञको टोली बनाएर स्थायी समाधान खोजिने छ।

बन्चरे र सिसडोलका अति प्रभावित स्थानीयलाई काठमाडौंका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिनेछ । शिक्षा क्षेत्रमा पनि विद्यालय र कलेजमा कोटा सुनिश्चित गरिने तथा स्थानीय विद्यालयका भवनहरू प्राथमिकताका साथ निर्माण गर्ने समझदारी बनेको छ ।

प्रभावित स्थानीयलाई रोजगारीका अवसर सुनिश्चित गर्न नगरपालिकाबीचको समन्वयमा एजेन्डा अघि बढाइनेछ । क्षतिपूर्ति रकम वृद्धि गर्न महानगरलाई अनुरोध गरिएको छ । वर्षौँदेखि फोहोरका कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउन कार्यविधि तयार गरि कार्यान्व्यनमा लगिनेछ। तिनपिप्ले(कुमारी गल्छी सडकलाई बहुवर्षीय योजनामा अघि बढाइने सहमति छ ।