शनिबार बिहान काठमाडौंका यी ठाउँमा हुनेछ विद्युत अवरुद्ध (सूचिसहित)

कालिमाटी, क्षेत्रपाटी, भिमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्यूरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहाचल र कुलेश्वर रिगमेनमा विद्युत् आपूर्ति अवरोध हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौं । शनिबार बिहान काठमाडौंका धेरै ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना प्रकाशित गर्दै बुसबार कनेक्सन गर्ने कार्यको क्रममा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

कालिमाटी, क्षेत्रपाटी, भिमसेनस्थान, मिन्ट, त्रिपुरेश्वर, थापाथली, टेकु, न्यूरोड, भोटेबहाल, खिचापोखरी, चमती, ताहाचल र कुलेश्वर रिगमेनमा विद्युत् आपूर्ति अवरोध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, प्राधिकरणले पुल्चोक, बागमती, भैँसेपाटी, रिङरोड र सानेपा क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख गरेको छ ।

प्रकाशन भएका दस्तावेजहरू

690e9f058cb6d_1762565893.pdf