डेडिकेटेड बक्यौता विवाद : न्यायिक आयोग बनाउन निजी क्षेत्रको माग, १९ उद्योग अझै अन्धकारमा

तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको शुसिला कार्की नेतृत्वको सरकारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेसँगै बक्यौता नतिरेको भन्दै प्राधिकरणसले उद्योगहरुको बत्ति काटेको छ ।

काठमाडौं । विद्युत बक्यौता विवाद समाधानका लागि न्यायिक आयोग बनाउन निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रमा आएको सङ्कट, रोजगारी कटौती र उत्पादन तथा निर्यातमा देखिएको अवरोधलाई सम्बोधन गर्न न्यायिक आयोगको गठन गर्ने गरी प्रधानमन्त्रीसँग सोमबार छलफल भएको बताए ।

महासङ्घका अध्यक्ष ढकालले देशको खस्कँदो अर्थतन्त्र, रोजगारी र उत्पादन-निर्यातमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै तत्काल उच्चस्तरीय न्यायिक आयोगमा जाने गरी २८ किस्तामध्ये एक किस्ता तिरेर लाइन (विद्युत) जोडने बताएका छन् । २५ वटा उद्योगमा लाइन काटिएको थियो । ६ वटा उद्योगले बक्यौता तिरेपछि लाइन जोडिएको छ । १९ वटा उद्योगमा लाइन जोडिएको छैन ।

नेपाल विद्युत प्राधिकरणले पहिलो किस्ता नतिरेसम्म लाइन नजोड्ने अडान लिँदै आएको छ । तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङ भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको शुसिला कार्की नेतृत्वको सरकारमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बनेसँगै बक्यौता नतिरेको भन्दै प्राधिकरणसले उद्योगहरुको बत्ति काटेको छ । उद्योगीहरुले पहिलो किस्तालाई धरौटी भन्नुपर्ने माग गरेको छ भने प्राधिकरणलाई त्यसलाई नस्वीकार्ने बताइरहेको छ । जसले गर्दा उद्योगहरु चेक काटेर बसेको भन्दै पैसा भुक्तानी गर्न आनाकानी गरिरहेका छन् ।

डेडिकेटेड ट्रंकलाइ प्रिमियम महशुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष ढकालको भने ‘हामीले न्यायिक आयोग गठन गर्न भनेका छौं । अर्थतन्त्रमा गम्भीर असर परेको छ । रोजगारी र उत्पादन-निर्यातमा पनि समस्या आएको छ । यी दीर्घकालीन समस्या समाधानका लागि आयोग अपरिहार्य छ।’ निजी क्षेत्रले दीर्घकालीन समस्या समाधान नहुँदासम्मका लागि अस्थायी समाधानको सूत्र अघि सारेको ढकालले बताए ।

ढकालले प्रधानमन्त्री सहितको संवादबाट २८ किस्ता बराबरको रकमबाट आउने १ किस्ताको रकमलाई धरौटी राख्ने र कानुनी उपचारमा बाटो खोल्ने नयाँ प्रस्ताव अघि सारिएको जानकारी दिए ।

सिमेन्ट उत्पादन संघका पूर्व अध्यक्ष ध्रुव थापाले यसलाई ‘अन्तिम माग नभई अहिलेको लागि समाधान’ भएको बताए । उद्योगी व्यवसायीले बक्यौताको २८ भागको १ भाग (१/२८) मात्र धरौटीको रूपमा तत्काल तिर्ने, धरौटी बुझाए लगत्तै काटिएको लाइन जोड्ने उद्योगी थापाले बताए 

महासंघको प्रस्ताव अनुसार बक्यौता रकमलाई २८ किस्तामा भाग गरी पहिलो किस्तालाई धरौटीका रुपमा बुझाउन उद्योगीहरु तयार भएका छन्। उनीहरुले त्यो रकम बुझाउनका लागि चेक काटेर बसेको बताएका छन्।