सागर डिस्टिलरीको आईपीओमा मागभन्दा १६.७० गुणा बढी आवेदन
कम्पनीले सर्वसाधारणको लागि ११ लाख ९० हजार ६४० कित्ता सेयरको लागि आवेदन गरेकोमा बिहीबार साँझसम्म १७ लाख ५२ हजार ४४२ जनाले १ करोड ९८ लाख ९० हजार ६ सय ८० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।
सागर डिस्टिलरीको आईपीओमा बिहीबारसाँझसम्म साढे १७ लाख भन्दा बढीको आवेदन परेको छ ।
कम्पनीको सेयरमा माग भन्दा १६.७० गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि ११ लाख ९० हजार ६४० कित्ता सेयरको लागि आवेदन गरेकोमा बिहीबार साँझसम्म १७ लाख ५२ हजार ४४२ जनाले १ करोड ९८ लाख ९० हजार ६ सय ८० कित्ता सेयरको लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओ भर्ने समय आइतबार कार्यालय समयसम्म रहेको छ ।