अगस्टमा ८८ हजार बढी पर्यटक भित्रिए, भारतबाट मात्र साढे ३५ हजार
बोर्डको तथ्यांकअनुसार सबै भन्दा बढी भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा २२ प्रतिशत पर्यटक वृद्धि भएको देखिएको हो ।
बोर्डको तथ्यांकअनुसार सबै भन्दा बढी भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट ७ हजार ५३३ अर्थात ८.५ प्रतिशत , अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत पर्यटक आएको बाेर्डले जनाएको छ ।
श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।
कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनर्उत्थानको क्रममा रहेको छ ।
