अफगानिस्तानमा भूकम्प, कम्तीमा २५० को मृत्यु, ५ सयभन्दा बढी घाइते
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ । ५ सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।
यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले भूकम्पबाट २ सय ५० जनाको मृत्यु र ५ सय जनाभन्दा बढी घाइते भएको जनाएको छ ।
न्युयोर्क टाइम्सले पनि सयभन्दा बढीको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको जनाएको छ ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।