दोर्दीखोला जलविद्युतकाे हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दोर्दी खोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको शतप्रतिशत दरको कुल एक करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीको सूचीकृत सेयर संख्या २ करोड १० लाख ८५ हजार २ सय ८ कित्ता पुगेको छ । सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।