बिमा योजनाको पूर्ण अवधिको भुक्तानी बुझिलिन नेपाल लाइफको अनुरोध

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बिमितहरुलाई पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम बुझिलिन अनुरोध गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै बिमित तथा हकवालालाई उक्त रकम लिन आग्रह गरेको हो ।

कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बिमालेख लिएका तर योजनाबमोजिम रकम लिने समय भइसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएकालाई आफ्नो बिमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।