पढाइसँगै कमाइ : इम्बार्क कलेजले ल्यायो नयाँ वर्क-स्टडी पहल

विज्ञापन
ncell

‘अप्रेन्टिससिप कार्यक्रम’ र ‘स्टार्टअप क्षमता विकास कार्यक्रम’ शुभारम्भ

नेपालमा व्यावसायिक शिक्षा र रोजगारीको खाडललाई हटाउन इम्बार्क कलेजले दुईवटा महत्वपूर्ण कार्यक्रम घोषणा गरेको छ । 

कलेजले व्यावहारिक सीप तालिम (अप्रेन्टिससिप) कार्यक्रम र नवप्रवर्तन (स्टार्टअप) क्षमता विकास कार्यक्रम गर्ने भएको हो ।

यी कार्यक्रमहरुमार्फत नेपालका भविष्यका व्यावसायिक नेतृत्वहरू विकास गर्न, रोजगारी सुनिश्चित गर्न र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य रहेको कलेजले जनाएको छ ।

इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले यो कार्यक्रमले स्नातकहरूले शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा प्रवेश गर्दा हुने अनिश्चिततालाई अन्त्य गर्ने बताए । ‘हामीले व्यावसायिक शिक्षालाई प्रत्यक्ष उद्‌द्योगसँग जोडेर नेपालमा करियर-रेडी शिक्षाको नयाँ मापदण्ड स्थापित गरेका छौँ’, उनले भने । 

यस अप्रेन्टिससिप कार्यक्रमले नेपालका प्रमुख तथा नवीन उ‌द्योग र उद्यमहरू सँगको साझेदारीमार्फत योग्य स्नातकहरूलाई रोजगारी सुनिश्चित गर्ने उनको दाबी छ । सहभागी कम्पनीहरूले संरचित तालिम आवश्यकताको मूल्याङ्कन (टीएनए) अनुसार रोजगारीको अवसर प्रदान गरिनेछ । कलेजका अनुसार कार्यक्रमका विशेषताहरूमा पूर्वनियोजित संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी सम्झौता समावेश छन्, जसले उ‌द्योगलाई दक्ष जनशक्ति र विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन दिन्छ ।

इम्बार्क कलेजले सुरु गरेको स्टार्टअप क्षमता विकास कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम समय संचालन भएका तथा वार्षिक कारोबार १९ करोडभन्दा कम भएका नवप्रवर्तन व्यवसायहरूलाई लक्षित गरेको छ ।

यस कार्यक्रमले नेपाल सरकारको राष्ट्रिय स्टार्टअप नीति २०८० र औ‌द्योगिक उ‌द्यम ऐन २०७६ सँग मेल खाने गरी नवप्रवर्तनशील व्यवसायहरुलाई सहयोग प्रदान गर्छ ।

प्राथमिकता दिइने व्यवसायहरूमा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका स्टार्ट अपहरू पर्छन् ।

सीईओ ठाकुरका अनुसार, 'नेपालमा उद्यमशीलताको सम्भावना अपार छ, तर रणनीतिक स्रोतहरू सम्मको पहुँच सीमित छ । हाम्रो कार्यक्रमले नवप्रवर्तनलाई दिगो व्यवसायमा रूपान्तरण गर्न समय क्षमता विकासमा जोड दिन्छ ।

यी दुई कार्यक्रमहरूले नेपाल सरकारको नीतिअनुरूप समृद्ध उद्यमशील पारिस्थितिक तन्त्र निर्माणमा टेवा पुऱ्याउने अपेक्षा गरिएको छ।

अप्रेन्टिससिप कार्यक्रमः उद्‌द्योगका लागि दक्ष जनशक्ति, विद्यार्थीका लागि सुनिश्चित रोजगारी ।

स्टार्टअप कार्यक्रमः आयातमा निर्भरता घटाउँदै, स्वदेशी नवप्रवर्तन र प्रविधि क्षमताको विकास ।

आवेदन प्रक्रिया

अप्रेन्टिससिप कार्यक्रमका लागिः

सीप मूल्याङ्कन

इम्बार्क कलेजको प्रमाणीकृत शैक्षिक तथा सीपमूलक कागजात

संरचित अन्तर्वार्ता मार्फत व्यावसायिक मूल्या‌ङ्कन

स्टार्टअप कार्यक्रमका लागिः

कानुनी दर्ता प्रमाणपत्र र वित्तीय विवरण

नवप्रवर्तन दर्शाउने व्यवसाय योजना

परीक्षण समीक्षा