जलवायु कार्य सप्ताहमा एक मिनेटे भिडियो प्रतियोगिता, प्रथम पुरस्कार ५० हजार

महानगरले जारी गरेको सूचनाअनुसार प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । थप सात जनालाई जनही १० हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइनेछ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गरेको छ ।  सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीले बढीमा एक मिनेटको भिडियो बनाएर प्रतियोगितामा भाग लिन सक्नेछन् ।

महानगरले जारी गरेको सूचनाअनुसार प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । थप सात जनालाई जनही १० हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइनेछ ।

जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति कम गर्न व्यक्ति तथा समुदायले स्थानीय स्तरमा गर्न सक्ने कामलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ । प्रतियोगिता ‘काठमाडौँ जलवायु कार्य सप्ताह-२०८३’ अन्तर्गत आयोजना गरिएको हो । महानगरले साझेदार संस्थासँगको सहकार्यमा मङ्सिर ७ देखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित कार्य सप्ताह सञ्चालन गर्ने जनाएको छ ।